नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमितभन्दा निको हुने बढी रहेका छन् । बुधबार ६ हजार सात सय १४ जना संक्रमित थपिएकोमा ६ हजार सात सय १६ जना निको भएका छन् ।
देशभर संक्रमणबाट थप एक सय ४५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार साँझ सार्वजनिक गरेको विवरणअनुसार हालसम्म देशभर मृत्यु हुनेको संख्या ६ हजार आठ सय ४५ पुगेको छ ।
नेपालमा कुल संक्रमितको संख्या पाँच लाख ३५ हजार पाँच सय २५ पुगेको छ ।
निको हुने संक्रमतिको संख्या चार लाख ११ हजार ६ सय तीन पुगेको छ ।
नेपालमा निको हुनेदर ७६.९ प्रतिशत रहेको छ ।
हाल आठ सय ५३ जना क्वारेन्टिनमा रहेका छन् ।