बागमती प्रदेशमा कुल कोरोना भाइरस संक्रमितमध्ये हाल २० प्रतिशत मात्र सक्रिय संक्रमित छन् । बागमतीमा ५६ हजार Ps सय १३ जना अर्थात् कुल संक्रमितको २० दशलमव २७ प्रतिशत मात्र सक्रिय संक्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमण फेलापरेदेखि बागमतीमा हालसम्म गरिएको १७ लाख ५५ हजार नाै सय ३० जनाको स्वाब परीक्षणमध्ये दुई लाख ७७ हजार पाँच सय ५० मा कोरोना संक्रमण पुष्टि भएको र तीमध्ये ५६ हजार एक सय १३ सक्रिय संक्रमित, दुई लाख १९ हजार २६ जना अर्थात् ७८ दशमलव ९१ प्रतिशत निको भएको र दुई हजार दुई सय ६४ जना अर्थात् शून्य दशमलव ८२ प्रतिशतको मृत्यु भएको मन्त्रालयका कोभिड प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंले जानकारी दिए ।
हाल बागमतीमा कोरोना संक्रमण दर १५ दशमलव ८१ प्रतिशत रहेको सेढाईंले बताए । मन्त्रालयको तथ्यांकअनुसार मंगलबार बागमतीमा चार हजार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मंगलबार काठमाडौंमा एक हजार आठ सय ६३, ललितपुरमा चार सय २७, भक्तपुरमा तीन सय २३, रसुवामा ५९, नुवाकोटमा ६९, धादिङमा दुई सय एक, चितवनमा एक सय १९, सिन्धुलीमा ७५, मकवानपुरमा एक सय तीन, रामेछापमा एक सय ४३, दोलखामा ४९, काभ्रेमा तीन सय २८ र सिन्धुपाल्चोकमा दुई सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
हाल प्रदेशको १३ जिल्लामा चार सय ४३ संस्थागत आइसोलेसन बेडमा एक सय ४७, दुई हजार ६ सय ४६ अस्पतालको बेडमा, तीन हजार एक सय २० एचडियूमा दुई हजार ३९, नाै सय ४३ आइसियुमा आठ सय ५०, ४ सय ३७ भेन्टिलेटरमा तीन सय ४८ र ५१ हजार आठ सय ८६ जना होम आइसोलेसनमा उपचाररत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।