नेपालमा थप सात हजार चार सय २५ जनामा कोरोना संक्रमण, सात हजार एक सय ३५ कोरोनामुक्त, एक सय ८५ को मृत्यु

सोमबार, १० जेठ, २०७८
डिजिटल संस्करण

नेपालमा थप सात हजार चार सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर सात हजार चार सय २५ जनामा संक्रमण पुष्टि भएको हो । 

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या पाँच लाख २० हजार चार सय ६१ पुगेको छ ।

पछिल्लो २४ घन्टामा सात हजार एक सय ३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुने संक्रमितको संख्या तीन लाख ९८ हजार चार सय ८३ पुगेको छ ।

देशभर थप एक सय ८५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर मृत्यु हुने संक्रमितको संख्या ६ हजार पाँच सय ३१ पुगेको छ ।

सुझावित समाचार