नेपालमा कोरोना संक्रमणबाट थप एक सय ९३ जनाको मृत्यु

आइतबार, ९ जेठ, २०७८
डिजिटल संस्करण

नेपालमा कोरोना संक्रमणबाट थप एक सय ९३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबार पत्रकार सम्मेलनमा पछिल्लो विवरण सार्वजनिक गरेका हुन् । 

पछिल्लो २४ घन्टामा सात हजार नौ सय १४ जना संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमा एक हजार सात सय ६१, ललितपुरमा ६ सय ९४ र भक्तपुरमा तीन सय ६६ जनामा संक्रमण देखिएको छ । 

यो अवधिमा सात हजार ६ सय ६४ जना कोरोनामुक्त भएका छन् । नेपालमा निको हुने दर ७६.३ प्रतिशत रहेको गौतमले बताए । हाल आठ सय ७३ जना क्वारेन्टिनमा रहेका छन् ।
 

सुझावित समाचार