संखुवासभामा जंगली च्याउ खाँदा एकै घरका नौजना बिरामी

आइतबार, ९ जेठ, २०७८
डिजिटल संस्करण

संखुवासभाको सिलिचोङ गाउँपालिका– ५ खुङडुवा गाउँमा जंगली च्याउ खाँदा एकै घरका नौजना बिरामी परेका छन् । स्थानीय बुद्धबहादुर राईका कान्छा छोरा सहदेव राईले शुक्रबार जंगलबाट टिपेर ल्याएको जंगली च्याउ खाँदा एकै घरका नौजना बिरामी परेपछि आठजनालाई थप उपचारका लागि आइतबार दिउँसो बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय संखुवाभाका प्रहरी निरीक्षक कविन राईका अनुसार ७० वर्षीय बुद्धबहादुर राईको परिवारका सदस्य बिरामी परेका हुन् । बुद्धबहादुरबाहेक आठजनालाई रिफर गरिएको जिल्ला अस्पताल संखुवासभाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सुन्दरश्याम झाले जानकारी दिए । उनका अनुसार च्याउ खाने सबैको कलेजो र मिर्गौलामा समस्या देखिएपछि रिफर गरिएको हो । 

क्याप्सन ः जंगली च्याउ खाएर बिरामी परेकालाई स्टेचरमा बोकेर जिल्ला अस्पताल ल्याइँदै । तस्बिर ः नवीन गुरुङ÷नयाँ पत्रिका

सुझावित समाचार