कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ सय ५३ पुग्यो

आइतबार, ९ जेठ, २०७८
डिजिटल संस्करण

नेपालमा कोरोना संक्रमणबाट एकै दिन एक सय २९ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले शनिबार साँझ सार्वजनिक गरेको विवरणअनुसार हालसम्म नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ६ हजार एक सय ५३ पुगेको छ ।

पछिल्लो २४ घन्टामा आठ हजार नौ सय ८० जना संक्रमित थपिएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या एक लाख १५ हजार आठ सय ६ पुगेको छ । 

पछिल्लो २४ घन्टामा आठ हजार आठ सय ४८ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या तीन लाख ८३ हजार ६ सय ८४ पुगेको छ । नेपालमा निको हुनेदर ७८.८ प्रतिशत रहेको छ । हाल आठ सय ८६ जना क्वारेन्टिनमा छन् ।

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार