प्रधानमन्त्री केपी ओलीले निर्वाचनको तयारीमा जुट्न निर्वाचन आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन् ।
शनिबार आयोगका पदाधिकारीलाई बालुवाटारमा बोलाएर उनले घोषित मितिमै निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन् । उनले निर्वाचन अपरिहार्य भएकाले नै मुलुक निर्वाचनतिर अघि बढेको स्पष्ट पारे ।