एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कथित चुनावको उद्घोष जालझेल भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत नेता नेपालले प्रधानमन्त्रीको यस कदमलाई प्रतिगमन भाग २ को समेत संज्ञा दिएका छन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी छिन् । संसद् विघटनसँगै २६ कात्तिकमा पहिलो र ३ मंसिरमा दोस्रो चरणको मध्यावधि निर्वाचनको मिति तोकिएको छ ।
संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उद्घोष जालझेल भएको नेता नेपालको ठहर छ। यसको डटेर प्रतिवाद गर्न नेता नेपालले आह्वान समेत गरेका छन् ।
नेता नेपालले फेसकुकमा लेखेको स्टाटस जस्ताको तस्तै