प्रधानमन्त्री केपी ओलीले प्रमुख विपक्षी गठबन्धनले दाबी प्रस्तुत गर्नु अगावै एक सय ५३ जना सांसदले आफूलाई प्रधानमन्त्रीमा समर्थन गरेको पत्र राष्ट्रपति कार्यालयमा बुझाएका छन् ।
एमालेका एक सय २१ तथा जसपाका ३२ जना सांसदको समर्थन रहेको पत्र प्रधानमन्त्रीले बुझाएको उनका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले बताए ।
‘प्रधानमन्त्रीले एक सय ५३ जना सांसदको दाबीपत्र बुझाएर फर्किनुभो । एमालेको तर्फबाट एक सय २१ र जसपाको तर्फबाट महन्थ ठाकुर र राजेन्द्र महताेले दिनुभएको ३२ जनासहित एक सय ५३ जनाको हस्ताक्षरसहितको पत्र बुझाइएको छ ।’