नेपालमा कोरोना संक्रमणबाट एकै दिन दुई सय ४६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार साँझ सार्वजनिक गरेको विवरणअनुसार हालसम्म नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या पाँच हजार ६ सय ५७ पुगेको छ ।
पछिल्लो २४ घन्टामा आठ हजार एक सय ७३ जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घन्टामा सात हजार नौ सय ८९ जना कोरोनामुक्त भएका छन् ।