ताप्लेजुङमा कोरोना संक्रमणका कारण थप एकको मृत्यु

बुधबार, ५ जेठ, २०७८
डिजिटल संस्करण

कोरोना संक्रमणका कारण ताप्लेजुङमा थप एकजनाले ज्यान गुमाएका छन् । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका– ३ लिङखिम घर भई हाल सदरमुकाम फुङलिङमा बस्दै आएका ५० वर्षीय एक पुरुषको बुधबार मृत्यु भएको हो । 

ताप्लेजुङ जिल्ला अस्पतालमा पाँच दिनअघि एन्टिजेन परीक्षण गरी पजिटिभ रिपोर्ट आएपछि उनको उपचार जिल्ला अस्पतालमा भइरहेको थियो ।

उनलाई मंगलबार बेलुका भने फुङलिङ नगरपालिका– ६ पाथीभार चौक डेरामा लगिएको थियो । तर, बुधबार बिहान उनको मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले गत हप्ता स्वाब परीक्षण गर्दा उनको रिपोर्ट पजिटिभ आएको बताए  । योसँगै  जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या सात पुगेको स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले बताइन् ।  
 

सुझावित समाचार