कोरोनाका कारण सुदूरपश्चिममा एक महिनामा दुई सय ५९ जनाको मृत्यु

आइतबार, २ जेठ, २०७८
डिजिटल संस्करण

दोस्रो चरणको कोरोना भाइरसको संक्रमणका कारण सुदूरपश्चिम प्रदेशमा गएको वैशाख महिनामा दुई सय ५९ जनाको मृत्यु भएको छ । 

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका स्वास्थ्य निर्देशक डा. गुणराज विष्टका अनुसार वैशाख १८ गते १०, १९ गते १२, २० गते १४, २१ गते आठ, २२ गते नौ, २३ गते १७, २४ गते १३, २५ गते १५, २६ गते १८, २७ गते १७, २८ गते ३१, २९ गते १४, ३० गते १७ र ३१ गते ३० जना संक्रमितको मृत्यु भएको हो ।     
     
स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी कैलाली र कञ्चनपुरका संक्रमितको मृत्यु भएको छ । सुदूरपश्चिममा अधिकांशले अक्सिजन नपाएका कारण ज्यान गुमाउनुपरेको स्वास्थ्यकर्मीको भनाइ छ । 

कोरोना भाइरस सुरु भएदेखि हालसम्म यस प्रदेशमा तीन सय १७ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार वैशाखको अन्तिम हप्ता कोरोनाबाट धेरैले ज्यान गुमाएका छन् । 

पछिल्लो पाँच दिनमा मात्रै कोरोनाबाट एक सय नाैजनाको मृत्यु भएको छ । यहाँका अस्पतालमा अक्सिजन नपाउँदा तथा कोरोना संक्रमित भएका बिरामी समयमै राम्रो अस्पतालसम्म पुग्न नसकेका कारण ज्यान गुमाउन बाध्य भएको निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ ।     

See More On

सुझावित समाचार