जिल्लामा कोरोना संक्रमण दर बढ्दै गएपछि पाँच बेडको कोभिड अस्पतालको स्थापना भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय हुम्लाले पाँच बेडको कोभिड अस्पताल स्थापना गरेको हो ।
सर्केगार्ड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि पाँच बेडको कोभिड अस्पताल सञ्चालन ल्याइएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख प्रेमबहादुर सिहंले जानकारी दिए ।
केही नहुनुभन्दा पाँच बेडको कोभिड अस्पतालले केही सहजता हुने प्रमुख सिंहले बताए । हालसम्म जिल्लामा कोभिड संक्रमितको संख्या ३७ पुगेको छ ।