लोत्से हल पुगेर लगाए सभामुखले दोस्रो कोभिडसिल्ड खोप

शुक्रबार, ३१ बैशाख, २०७८
डिजिटल संस्करण

सभामुख अग्निप्रसाद सापकोटाले कोभिडसिल्ड खोपको दोस्राे मात्रा लगाएका छन् ।संघीय संसद् भवन नयाँ बानेश्वरमा पुगी सभामुख सापकोटाले कोभिसिल्डको दोस्राे डोज लगाएका हुन् ।  

संसद् सचिवालयले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको लोत्से हलमा आज शुक्रबार, शनिबार र आइतबारका लागि खोपको दोस्राे डोज लगाउने व्यवस्था मिलाएको हो । शुक्रबारका लागि प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्षलगायत दुवै सदनका सांसदहरू, पदाधिकारीहरूका निजी सचिवालयका सबै कर्मचारीका लागि खोप लगाउने व्यवस्था मिलाइएको छ ।

लोत्से हलमा भएको खोप कार्यक्रममा सांसदहरू, पदाधिकारीहरूका निजी सचिवालयका कर्मचारी, सुरक्षाकर्मीलगायतले कोभिसिल्डको दोस्राे खोप लगाएका छन् । बिहान १० बजेदेखि ४ बजेसम्म खोप लगाइने सचिवालयले जनाएको छ ।

त्यसैगरी भोलि शनिबार संघीय संसद् सचिवालयका सम्पूर्ण कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई र आइतबार स्वकीय सचिवलगायतका सबै कर्मचारीहरू, मर्यादापालक, सुरक्षासँग सम्बन्धित सबै कर्मचारी, संसदीय मामिलाका सबै पत्रकारहरूलाई खोपको दोस्राे डोज लगाइनेछ ।

सुझावित समाचार