ओली र नेपालको संवाद एमालेकाे निम्ति महत्वपूर्ण घटनाका रूपमा स्थापित होस् : वामदेव गौतम

शुक्रबार, ३१ बैशाख, २०७८
डिजिटल संस्करण

नेकपा एमालेका नेता वामदेव गौतमले अध्यक्ष केपी ओली र पूर्वमहासचिव माधवकुमार नेपालबीच सुरु भएको प्रारम्भिक संवाद एमालेका निम्ति महत्वपूर्ण घटनाका रूपमा स्थापित होस् भन्ने शुभेच्छा जाहेर गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत गौतमले पार्टीभित्र उत्पन्न समस्या समाधानका लागि दुई नेताले चालेको कदम पार्टी एकता निर्माणमा सफलता मिलोस् भन्ने शुभकामना  व्यक्त गरे ।

उनले केपी ओली नेपालको ४३औँ प्रधानमन्त्री नियुक्त भएकोमा बधाईसमेत दिए । 

सुझावित समाचार