अक्सिजन नपाउँदा पाँच संक्रमितको मृत्यु

बुधबार, २९ बैशाख, २०७८
डिजिटल संस्करण

रुपन्देहीका अस्पतालहरूमा अक्सिजनको चरम अभाव भएको छ । अक्सिजनको अभावमा अस्पतालमा भर्ना भएका कोरोना संक्रमित बिरामीहरूले ज्यान गुमाउन थालेका छन् । 

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले अक्सिजनको अभावमा बुधबार दिउँसो पाँच संक्रमितको ज्यान गएको बताए । 

समयमा अक्सिजन आपूर्ति नहुँदा रुपन्देही र नवलपरासीका बिरामीको ज्यान गएको उनले बताए । रुपन्देहीका चार र नवलपरासी बर्दघाटका एक बिरामीको मृत्यु भएको डा. गौतमले जानकारी दिए ।
 

सुझावित समाचार