कोरोना कहर : नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख नाघ्यो

नौ हजार ३०५ संक्रमित थपिए, चार हजार ४४४ संक्रमणमुक्त, १६८ को मृत्यु

बुधबार, २९ बैशाख, २०७८
डिजिटल संस्करण

नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार साँझ सार्वजनिक गरेको विवरणअनुसार हाल सक्रिय संक्रमित एक लाख एक हजार ६ सय ३४ छन् । 

उनीहरू होम आइसोलेसन र संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । क्वारेन्टिनमा रहनेको संख्या पाँच सय १७ छ । 

देशभर पछिल्लो २४ घन्टामा नौ हजार तीन सय पाँचजना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार हालसम्म संक्रमितको संख्या चार लाख २२ हजार तीन सय ४९ जना पुगेको छ । 

संक्रमितमध्ये तीन लाख १६ हजार चार सय ६३ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घन्टामा चार हजार चार सय ४४ संक्रमणमुक्त भएको मन्त्रालयले बताएको छ । 

पछिल्लो २४ घन्टामा एक सय ६८ संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर मृत्यु हुने संक्रमितको संख्या चार हजार दुई सय ५२ पुगेको छ ।
 

सम्पादकको रोजाइ

सुझावित समाचार