गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनले प्रदेशप्रमुखसमक्ष दाबी प्रस्तुत गरेको छ । कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाले कांग्रेस दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई समर्थन गरेको पत्र प्रदेशप्रमुख सीता पौडेललाई बुझाएका हुन् । दलगत रूपमा प्रदेशप्रमुखसमक्ष दाबी प्रस्तुत गरिएको छ । यद्यपि जनमोर्चाका एक सांसदले आफू तटस्थ रहेको बताएका छन् ।
आफूविरुद्धको अविश्वासको प्रस्ताव पारित हुने निश्चित भएपछि गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेशप्रमुखले नयाँ सरकार गठनका लागि दलहरूलाई बुधबार दिउँसो ४ बजेसम्मको समय दिएकी थिइन् ।