१५ मिनेटपछि पुनः बस्ने गरी संसद् बैठक स्थगित

सोमबार, २७ बैशाख, २०७८
डिजिटल संस्करण
१५ मिनेटपछि पुनः बस्ने गरी संसद् बैठक स्थगित

तस्बिर अमुल थापा

प्रतिनिधिसभाको बैठक १५ मिनेटपछि बस्ने गरी स्थगित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको अधिवेशन आह्वानसम्बन्धी पत्र सभामुखले पढेर सुनाएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो । 

१५ मिनेटपछि बस्ने बैठकमा प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रक्रिया सुरु हुनेछ । प्रधानमन्त्रीले मन्तव्यसहित विश्वासको मतका लागि प्रस्ताव गर्नेछन् । सांसदले दलीय प्रतिनिधित्वको आधारमा धारणा राख्नेछन् । त्यसपछि त्यसपछि मतविभाजन हुनेछ ।

सुझावित समाचार