नवलपुरमा थप दुई कोरोना संक्रमितको निधन

शुक्रबार, २४ बैशाख, २०७८
डिजिटल संस्करण

पूर्वी नवलपरासीमा थप दुईजना कोरोना संक्रमितको निधन भएको छ । योसहित दोस्रो लहरको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या नवलपुरमा नाै पुगेको छ ।

कावासोती– २ का ६३ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा र मध्यबिन्दु नगरपालिका– १२ का ७० वर्षीय पुरुषको भरतपुर अस्पतालमा गएराति निधन भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताए । 
 

सुझावित समाचार