ताप्लेजुङमा थप ४८ जनामा कोरोना पुष्टि

बिहिबार, २३ बैशाख, २०७८
डिजिटल संस्करण

 ताप्लेजुङ बजारको तोक्मे क्षेत्रबाट ५८ जनाकाे स्वाब परीक्षण गर्न पठाइएकोमा ४८ जनामा कोरोना पुष्टि भएको छ ।

स्वाब परीक्षणका लागि विराटनगर प्रयोगशालामा सोमबार पठाइएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।

उनले ५८ जनाको स्वाब पठाएकोमा ४८ जनामा पजिटिभ आएको बताए । सो क्षेत्रलाई पूर्ण रूपमा सिल गरेर राखिने र अन्य सबै व्यक्तिको स्वाब परीक्षण गरिने प्रजिअ पाण्डेले बताए ।  
 

See More On

सुझावित समाचार