अल्पमतमा परेका शंकर पोखरेलको शपथ रोक्न बहुमत सांसदको धर्ना

आइतबार, १९ बैशाख, २०७८
डिजिटल संस्करण

अल्पमतमा रहेको अवस्थामा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका शंकर पोखरेलको शपथ रोक्न बहुमत सांसद प्रदेश प्रमुखको कार्यालयमा धर्नामा बसेका छन् । ४२ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष बुझाएका गठबन्धनका सांसदहरू धर्नामा बसेका हुन् । 

प्रदेशमा आइतबार मात्रै एमालेका एक सांसदले राजीनामा दिएपछि ८० सांसदमा सीमित प्रदेश सभामा बहुमतका लागि ४१ सांसद आवश्यक पर्छ । नवनियुक्त मुख्यमन्त्रीको पक्षमा ३७ सांसद छन् । 

अल्पमतमा रहेका पोखरेललाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेपछि उनको शपथ रोक्न सांसदहरू धर्नामा बसेका हुन् ।
 

सुझावित समाचार