कोरोना कहर : थप पाँच हजार ७०६ जना संक्रमित, १९ को मृत्यु

शनिबार, १८ बैशाख, २०७८
डिजिटल संस्करण

देशभर पछिल्लो २४ घन्टामा पाँच हजार ७०६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार साँझ सार्वजनिक गरेको विवरणअनुसार यो अवधिमा एक हजार २८७ जना संक्रमणमुक्त भएका छन् भने १९ जनाको मृत्यु भएको छ ।

हालसम्म मृत्यु हुने कोरोना संक्रमितको संख्या तीन हजार २९८ पुगेको छ । मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ४३ हजार दुई सय १३ रहेको छ ।

तीन लाख २८ हजार आठ सय ९३ जना संक्रमित हुँदा दुई लाख ८२ हजार तीन सय ८२ जना संक्रमणमुक्त भएका छन् ।

सुझावित समाचार