गएराति बाँकेमा ६ कोरोना संक्रमितको मृत्यु

शनिबार, १८ बैशाख, २०७८
डिजिटल संस्करण

बाँकेमा गएको रातभरिमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमा बाँकेका तीन, दाङका दुई र कपिलवस्तुका एकजना रहेका छन् ।

जिल्ला कोभिड–१९ संकटव्यवस्थापन केन्द्रका अनुसार दाङ तुलसीपुर उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । यही वैशाख १६ गते भर्ना गरिएका उनको १७ गते साँझ ७ स्०० बजे पिसिआर गरिएको थियो । उनको रिपोर्ट नआउँदै मृत्यु भइसकेको थियो । 

नेपालजन्ज उपमहानगरपालिका–६ का ४७ वर्षीया महिलाको मेडिकल कलेज कोहलपुरमा राति ९.३० बजे  मृत्यु भएको छ । यही वैशाख १५ गते भर्ना गरिएका उनको १६ गते पिसिआर गरिएको थियो ।

नेपालगन्ज मेडिकल कलेजमा कपिलवस्तु कृष्णनगर नगरपालिका–५ का ५१ वर्षीय पुरुषको मृत्यु भएको छ । यही वैशाख १५ गते मेडिकल कलेजमा भर्ना भएका उनको भोलिपल्ट पिसिआर गरिएको थियो । गए राति १०.०० बजे उनको मृत्यु भएको छ । नेपालगन्ज–१० का ५५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ ।

यही वैशाख १३ गते पिसिआर गरेपछि १४ गते भेरीमा भर्ना भएका बिरामीको आज बिहान ४ः०० बजे मृत्युुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुु भएको छ । मेडिकल कलेज कोहलपुरमा कोहलपुर नगरपालिका–११ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । यही वैशाख १० गते कोहलपुरमा भर्ना गरिएका उनको ११ गते पिसिआर गरिएको थियो । राति १२.३० बजे उनको मृत्यु भएको छ । 

दाङ  दगीशरण गाँउपालिका वडा नं १ का ६० वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । यही वैशाख ८ गते भर्ना गरिएका उनको ११ गते पिसिआर गरिएको थियो । उनको आज बिहान ४.०० बजे मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय १८ पुगेको छ । रासस

सुझावित समाचार