कोरोना संक्रमित रोल्पाकी एक महिलाको जिल्ला अस्पताल सल्यानमा ज्यान गयो

शनिबार, १८ बैशाख, २०७८
डिजिटल संस्करण

सल्यान कोरोना संक्रमित रोल्पाकी एक महिलाको जिल्ला अस्पताल सल्यानमा ज्यान गएको छ । रोल्पाको गंगादेव गाउँपालिका ३ निवासी ४८ वर्षीया एक महिलाको शनिबार बिहान जिल्ला अस्पताल सल्यानमा ज्यान गएको हो । 

उनलाई शनिबार बिहान मात्रै जिल्ला अस्पताल सल्यान ल्याइएको थियो । तीन दिनदेखि बिरामी रहेकी महिलालाई बागचौरमा रहेको एक निजी पोलिक्लिनिकमा उपचार हुन नसकेपछि जिल्ला अस्पताल रिफर गरिएको थियो ।

अक्सिजन दिइरहेको भए पनि उनको शरीरमा अक्सिजनको मात्रा कम रहेको अस्पतालले जनाएको छ । 

See More On

सुझावित समाचार