सेती अस्पतालमा तीन संक्रमितको मृत्यु

शुक्रबार, १७ बैशाख, २०७८
डिजिटल संस्करण

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा धनगढी उपमहानगरपालिका– ८ का ४५ वर्षीय  पुरुष, लम्किचुहा नगरपालिकाका ४३ वर्षीय पुरुष र बर्दगोरिया गाउँपालिका– ५ की ४० वर्षीया महिलाको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले  जानकारी दिए । 

त्यस्तै, अस्पतालको प्रयोगशालामा तीन सय ६६  नमुना परीक्षण गर्दा  एक सय चारमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए । अस्पतालमा ५७  कोरोना संक्रमित बिरामी उपचाररत रहेका छन् । त्यसमध्ये नौजना सघन उपचारकक्ष, तीनजना भेन्टिलेटरमा र ३५ जना अक्सिजन सपोर्टमा उपचाररत  छन् । 

सुझावित समाचार