ओखलढुंगामा एमालेको समानान्तर कमिटी घोषणा

शुक्रबार, १७ बैशाख, २०७८
डिजिटल संस्करण

नेकपा एमाले (माधव नेपाल समूह)ले ओखलढुंगामा समानान्तर कमिटी घोषणा गरेको छ । शुक्रबार सदरमुकाममा आयोजित सो समूहको विस्तारित बैठकले कमिटी घोषणा गरेको हो । कमिटीको अध्यक्षमा नेत्रप्रसाद भट्टराई, उपाध्यक्षमा मणिराज राई र मेखबहादुर खड्का, सचिव हर्कबोल राई, उपसचिवहरू अर्जुन धमला, बलबहादुर परियार, नरेन्द्र श्रेष्ठ, मावर सुनुवार, किसन राईलगायत छन् ।

एमालेभित्रको आन्तरिक विवादपछि माधव नेपाल समूहले देशभर समानान्तर गतिविधि गरिरहेको छ । ओखलढुंगामा यसअघि कुनै गतिविधि नगरेको यो समूहले जिल्ला कमिटी घोषणासँगै योजनाबद्ध संगठन विस्तारसहितका योजना अघि सारेको छ । 

विस्तारित जिल्ला कमिटी बैठक तथा समानान्तर कमिटी घोषणा सभालाई एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवारलगायतका नेताले सम्बोधन गरेका थिए । वक्ताहरूले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको आलोचना गर्दै ओली नेतृत्वको एमालेका गतिविधिको विरोध जनाएका थिए । कोरोनाको महामारी चलिरहेका वेला ओखलढुंगामा भने दलगत गतिविधि रोकिएका छैनन् । 
 

सुझावित समाचार