खानेपानीमन्त्री थापालाई कोभिड संक्रमण

शुक्रबार, १७ बैशाख, २०७८
डिजिटल संस्करण

खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापालाई कोभिड– १९ को संक्रमण  भएको छ । उनको पिसिआर परीक्षणका क्रममा आज बिहान संक्रमण  पुष्टि भएको उनका स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिए ।  

 मन्त्री थापाकी छोरी उष्णता श्रेष्ठ थापालाई संक्रमण  भएपछि उनको हिजो स्वाब संकलन गरिएको थियो । उनकी छोरीलाई चार दिनअघि संक्रमण भएको थियो । 

मन्त्रीसहित सचिवालयमा काम गर्ने १० जनाको पिसिआर परीक्षण गर्दा कसैलाई संक्रमण  देखिएन । संक्रमण  पुष्टि भएपछि मन्त्री थापाले अहिले ललितपुरस्थित मन्त्रीनिवास पुल्चोकमा आराम गरिरहेको उनका स्वकीय सचिव गौतमले जानकारी दिए ।

उनका अनुसार मन्त्री थापालाई अहिले सामान्य रुघाखोकी लागेको छ । यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलाई संक्रमण भएको थियो । रासस
 

सुझावित समाचार