कोभिडका विषयमा धारणा राख्न देउवाले पत्रकार सम्मेलन गर्दै

शुक्रबार, १७ बैशाख, २०७८
डिजिटल संस्करण

कोभिड– १९ को दोस्राे चरणको बढ्दो संक्रमण र सरकारको भूमिकाका विषयमा आफ्ना धारणा राख्न कांग्रेसले पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ ।  सभापति शेरबहादुर देउवाले पत्रकारहरूलाई शुक्रबार दिउँसो तीन बजे आफ्नै निवास बुढानीलकण्ठमा बोलाएका छन् ।

पत्रकार सम्मेलनमा सभापति देउवाले कोभिड– १९ को नयाँ भेरियन्टसहितको संक्रमण, निषेधाज्ञा र सरकारको भूमिकाका विषयमा धारणा राख्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सुझावित समाचार