निषेधाज्ञामा तोकिएका संस्थालाई सवारी पास चाहिँदैन

शुक्रबार, १७ बैशाख, २०७८
डिजिटल संस्करण

जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा अवधिभर तोकिएका सेवा र वस्तुका सवारीसाधनका लागि सवारी पास नचाहिने जनाएको छ । जिप्रका काठमाडौंले यही वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।  

सो अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका सवारीसाधनहरू, बिरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक, वित्तीय संस्थाका कर्मचारीहरू, एयरपोर्ट जाने–आउने यात्रुको हकमा सवारी पास आवश्यक नपर्ने कार्यालयले जनाएको छ । 

जिप्रका काठमाडौंले जारी गरेको विज्ञप्तिमार्फत त्यस्ता कार्यमा यात्रा गर्दा कहीँकतैबाट अवरोध भएमा सहजीकरणका लागि नेपाल प्रहरीको १०० र १०३ मा फोन गर्न अनुरोध गरिएको छ ।   

अन्य अनावश्यक सन्दर्भमा पनि अत्याश्यक भनी सवारी पास माग गर्ने गरेको पाइएकाले वैशाख १७ गतेदेखि मृत्युसंस्कार र अत्यन्तै जरुरी कार्यबाहेक जिप्रका काठमाडौंबाट सवारी पास जारी नहुने विज्ञप्तिमा जनाइएको छ । रासस

सुझावित समाचार