सल्यानमा कोरोना संक्रमणबाट थप एकजनाको ज्यान गएको छ । जिल्लाको सिद्धकुमाख गाउँपालिका– २ निवासी ४२ वर्षीय पुरुषको उपचारका क्रममा ज्यान गएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
केही दिनअघि सल्यान अस्पतालमा कोरोना पजिटिभ देखिएपछि उनी होम आइसोलेसनमा बसेका थिए । श्वासप्रश्वासमा समस्या भएपछि बुधबार बेलुका सवा ८ बजे अस्पतालमा ल्याइएको र अक्सिजन दिँदादिँदै उनको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले जानकारी दिए ।
उनीसँगै सल्यानमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि शारदा नगरपालिका र बनगाड कुपिण्डे नगरपालिकानिवासी दुई पुरुषको मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।