आज पनि कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित

बुधबार, १५ बैशाख, २०७८
डिजिटल संस्करण

कोरोना परीक्षणसमेत गरेर बुधबार बस्ने गरी बोलाइएको कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । महामन्त्री पूर्णबहादुर खड्काले बढ्दो कोरोना संक्रमण महामारीका कारण आज दिउँसो २ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।

समसामयिक राजनीति, पार्टीको १४औँ महाधिवेशन, क्रियाशील सदस्यतालगायत विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको थियो । यसअघि सोमबारका लागि बोलाइएको बैठक कोरोना संक्रमण बढेको भन्दै परीक्षण गरेर मात्रै बस्ने गरी बुधबारका लागि स्थगित भएको थियो ।

मंगलबार कांग्रेसले सबै नेता र कर्मचारीको कोरोना परीक्षण गराएको थियो । तर, अन्तिम समयमा कोरोनाकै कारण देखाउँदै बैठक स्थगित भएको छ । अर्को बैठक कहिले बस्ने भन्ने पछि जानकारी गराइने महामन्त्री खड्काले जानकारी दिए । 
 

सुझावित समाचार