सुर्खेतमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेत कालागाउँमा उपचाररत दुईजना कोरोना संक्रमितको बुधबार बिहान ५ बजे मृत्यु भएको हो ।
अस्पतालका फोकलपर्सन डा. केएन पौडेलका अनुसार सुर्खेत भेरीगंगा नगरपालिका– ४ का ६४ वर्षीय एक पुरुष र वीरेन्द्रनगर नगरपालिका– १३ का ५३ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
भेरीगंगा नगरपालिकाका ६४ वर्षीय बिरामी वैशाख ५ गतेदेखि र वीरेन्द्रनगर नगरपालिकाका ५३ वर्षीय बिरामी वैशाख ११ गतेबाट कर्णाली प्रदेश अस्पतालको कोभिड– १९ विशेष अस्पतालमा उपचारका लागि भर्ना भएको डा. पौडेलले बताए ।