कोरोना महामारीमा श्रमजीवीलाई खाद्यान्न तथा अन्य विशेष सहयोगको व्यवस्था मिलाउन सरकार र निजी क्षेत्रसँग प्रचण्डको अपिल

सोमबार, १३ बैशाख, २०७८
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोभिड– १९ को सबैभन्दा बढी मार श्रमजीवी जनसमुदायमा पर्ने भन्दै उनीहरूका लागि खाद्यान्न तथा अन्य विशेष सहयोगको व्यवस्था मिलाउन सरकार र निजी क्षेत्रसँग अपिल गरेका छन् । प्रचण्डले सोमबार प्रेस विज्ञप्ति जारी गरेर जनताको स्वास्थ्यमा खेलबाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामग्रीको समुचित व्यवस्था मिलाउन सरकारसँग विशेष आग्रह गरेका छन् । 

प्रचण्डले तीनवटै तहका सरकार, पार्टीका सबै तहका नेता, कार्यकर्ता र सदस्यहरूलाई स्वयंसेवीका रूपमा महामारीविरुद्धको लडाइँमा सावधानीपूर्वक नेतृत्व लिन पनि आग्रह गरेका छन् । आधिकारिक सूचना तथा सन्देश प्रवाह गरी पत्रकारिता जगत्ले महामारीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि उनले लिएका छन् ।

कोभिड– १९ को रोकथाम तथा नियन्त्रणका लागि अग्रमोर्चामा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई उच्च मनोबलका साथ काम गर्न उनले आग्रह गरेका छन् । 
प्रेस विज्ञप्ति जस्ताको तस्तै

सुझावित समाचार