सुर्खेतको वीरेन्द्रनगरमा थप एक सय १९ जनामा कोरोना पुष्टि

शनिबार, ११ बैशाख, २०७८
डिजिटल संस्करण

सुर्खेतको वीरेन्द्रनगरमा पछिल्लो २४ घन्टामा गरिएको कोरोना(कोभिड–१९) परीक्षणमा थप एक सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा वीरेन्द्रनगर नगरपालिकाभित्रका विद्यार्थी, शिक्षक, गृहिणी, बैैंकर, सहकारी संस्थाका कर्मचारी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकारलगायतका एक सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  

कोरोना संक्रमण पुष्टि हुनेमा विद्यार्थी २१, कर्मचारी १९, शिक्षक १९, गृहिणी १४, बैंक र सहकारीका कर्मचारी १२, सुरक्षाकर्मी ७, कृषक, व्यवसायी र स्वास्थ्यकर्मी ५/५, भारतबाट फर्केका ५, पत्रकार ५, चालक दुई र राजनीतिज्ञ एकजना रहेको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेत जनाएको छ । 

नागरिकहरूले स्वास्थ्यका मापदण्डहरू पालना नगर्दा वीरेन्द्रनगर नगरपालिकामा कोरोना संक्रमणदर बढेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले बताए । 
 

See More On

सुझावित समाचार