कोरोनाविरुद्ध खोपको दोस्रो डोज लगाउन सुरु

स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो दिन ४७ हजारले खोपको दोस्रो डोज लगाए

बुधबार, ८ बैशाख, २०७८
डिजिटल संस्करण

पहिलो चरणमा खोप लिएका पहिलो र दोस्रो प्राथमिकताका लक्षित समूहलाई मंगलबारबाट दोस्रो डोज अभियान सुरु भएको छ । ११ वैशाखसम्म दिइने दोस्रो डोजअन्तर्गत १९ लाखलाई खोप लगाइनेछ ।

स्वास्थ्य मन्त्रालयका अनुसार दोस्रो डोज खोप लगाउने अभियानअन्तर्गत स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कूटनीतिज्ञ तथा कर्मचारी, सार्वजनिक संस्थान तथा बैंक र वित्तीय संस्थाका कर्मचारी छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो दिन ४७ हजारले खोपको दोस्रो डोज लगाएका छन् । काठमाडौं उपत्यकामा मात्र खोप लगाउन स्वास्थ्य मन्त्रालयले १९ स्थान तोकेको थियो ।

खोप आगामी ११ वैशाखसम्म वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र निजामती कर्मचारी अस्पतालमा खोप लगाउन सकिनेछ । 

यस्तै, मन्त्रालयले तोकेका ओम हस्पिटल एन्ड रिसर्च सेन्टर, नेपाल सशस्त्र प्रहरी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, वीरेन्द्र अस्पताल, नेपाल प्रहरी अस्पताल, नेपाल मेडिकल कलेज, सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, जनमैत्री अस्पताल, मदरल्यान्ड अस्पताल, हिमाल अस्पताल, स्तुपा अस्पताल र धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा खोपको दोस्रो डोज लगाउन सकिनेछ । 

See More On

सुझावित समाचार