बालुवाटारमा सर्वदलीय बैठक जारी, माओवादी केन्द्र र नेपाल समूह सहभागी भएनन्

शनिबार, ४ बैशाख, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक सुरु भएको  छ । बालुवाटारमा जारी बैठकमा माओवादी केन्द्र र एमालेका वरिष्ठ नेता  माधवकुमार नेपाल समूह सहभागी भएको छैन । औपचारिक खबर नआएको भन्दै माओवादीले बैठकमा सहभागी नहुने निर्णय गरेको थियो ।

बैठकमा ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति विमलेन्द्र निधि,जसपाका नेता महन्थ ठाकुर,राप्रपाका प्रकाशचन्द्र लोहनी र नेमकिपाका प्रेम सुवाल, एमालेका ईश्वर पोखरेल, विष्णु पौडेल र सुवास नेम्वाङलगायत सहभागी छन् । 

सुझावित समाचार