जंगलमा लगाएको आगो गाउँ पस्दा पाँच घर जलेर नष्ट

शनिबार, २८ चैत, २०७७
डिजिटल संस्करण

नलगाड नगरपालिका–८ मंसिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् ।  गयराति स्थानीय नौधारी जंगलमा लगाएको आगो गाउँ पस्दा पाँचवटा घर जलेको हिमालय आधारभूत विद्यालयका शिक्षक मनोद शर्माले जानकारी दिए ।

उनका अनुसार अम्मरबहादुर सिंह, खड्क सिंह, वेदराज सिंह, चन्द्रबहादुर सिंह र यज्ञबहादुर सिंहको घर जलेका हुन् । घरभित्र रहेका लत्ताकपडा, पशुचौपाया, भाँडाकुँडासमेत जलेर नष्ट भएका छन् । 

घर जलेपछि पीडित परिवार खुला आकाशमुनि बस्न बाध्य भएका छन् । नलगाड नगरपालिकाको सबैभन्दा उच्च भाग र हावाहुरी अत्यधिक लाग्ने ठाउँ भएका कारण आगो नियन्त्रणमा लिन नसकिएको प्रहरीले जनाएको छ । 

See More On

सुझावित समाचार