पछिल्लो २४ घन्टामा देशभर तीन सय ३२ संक्रमित थपिए

हालसम्म कोरोनाबाट नेपालमा तीन हजार ३८ जनाको मृत्यु

शुक्रबार, २७ चैत, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर तीन सय ३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार चार हजार ६ जनाको पिसिआर परीक्षण गर्दा सो परिमाणको संख्या थप भएको हो ।

बुधबार तीन सय ३९ जना संक्रमित थपिएका थिए । स्वास्थ्य मन्त्रालयका अनुसार पिसिआर परीक्षणमा दुई सय ९८ र एन्टिजेन परीक्षणमा ४१ गरी तीन सय ३९ जनामा कोरोना पजिटिभ देखिएको थियो ।

हालसम्म कोरोनाबाट नेपालमा तीन हजार ३८ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशभर दुई हजार चार सय ५४ जना एक्टिभ संक्रमित छन् । तर, उनीहरूमध्ये एक सय दुईजना अस्पतालको आइसोलेसनमा, ४४ जना आइसियू र १४ जना भेन्टिलेटरमा उपचाररत छन् । 

See More On

सुझावित समाचार