नबिल बैंकको ‘हिरोज् अफ नेपाल’बाट सेफ शाह सम्मानित

शुक्रबार, १३ चैत, २०७७
डिजिटल संस्करण

नबिल बैंकले आयोजना गर्ने ‘हिरोज् अफ नेपाल’को दोस्रो संस्करणमा नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन सफल भएका सेफ सन्तोष शाहलाई सम्मानित गरेको छ । बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा नेपाललाई चिनाएर नेपालको शिर उच्च राख्न सफल नेपालीहरूलाई सम्मान गर्ने मञ्चका रूपमा हिरोज् अफ नेपालको आयोजना गर्न थालेको हो । 

बैंकले सेफ शाहलाई उनको उत्कृष्ट अनुगमनलाई जारी राख्न प्रोत्साहनका रूपमा प्रेरणादायक उपलब्धिका लागि सम्मानित गरेको जनाएको छ । जसको अनुसरण गर्दै बैंकले सेफ शाहको गृहनगरमा इ–पुस्तकालय निर्माण गर्न र ५ महिला विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । 

सेफ सन्तोष शाहले युकेको मास्टर सेफ कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली परिकारहरूलाई विश्वसामु चिनाउनुका साथै नेपालीको शिष्टाचार र मैत्रीपूर्ण भावलाई पनि प्रदर्शित गरेर हरेक नेपालीलाई गौरवान्वित बनाएको बैंकले जनाएको छ ।

सेफ सन्तोष शाह, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र अनुष्का श्रेष्ठबीच भएको प्यानल छलफलका क्रममा सेफ सन्तोष शाहले आफ्ना प्रेरणादायक उपलब्धिहरूबारे बोलेका थिए ।

साथै, उनको जीवनयात्राका चुनौती पनि वर्णन गरेको बैंकले जनाएको छ । कार्यक्रमबाट प्रेरणादायक क्षेत्रको भित्री तहसम्म पुग्न सफल भएको बैंक व्यवस्थापनले जनाएको छ । कार्यक्रमममा बैंकको उच्च व्यवस्थापन तहका अधिकारीहरूको समेत उपस्थिति थियो ।

सुझावित समाचार