नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशनले प्रेम श्रेष्ठलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । शनिबार धुलिखेलमा आयोजित राष्ट्रिय महाधिवेशनले श्रेष्ठको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा, प्रथम उपाध्यक्ष पूर्णचन्द्र अधिकारी, द्वितीय उपाध्यक्ष वसन्त भुसाल, तृतीय उपाध्यक्ष धर्म बस्याल, महासचिव सुरेश खत्री, सह–महासचिव फणेन्द्र भट्ट, सचिव यादवलाल श्रेष्ठ, सचिव महेश पौडेल, कोषाध्यक्ष सुनील थापा र सहकोषाध्यक्ष राजेश पराजुली चयन गरेको छ ।
त्यस्तै, अधिवेशनले प्रदेश नं १ मा धर्मेन्द्र श्रेष्ठ, प्रदेश नं २ मा दुर्गानन्द शाह, प्रदेश ३ मा उत्तम विष्ट, प्रदेश ४ मा निश्चल पोख्रेल, प्रदेश ५ मा सन्देश पाठक, प्रदेश ६ मा मदन खड्का चयन भएका छन् ।
प्रदेश नं ७ मा भने चयन हुन बाँकी रहेको महासंघले जनाएको छ । सातै प्रदेशको संयोजकसहित केन्द्रीय कार्यसमितिमा ४३ सदस्यीय कार्यसमिति रहने व्यवस्था रहेको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् । प्रदेश नं ७ को संयोजकबाहेक सबै सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् । शनिबार महासंघको महाधिवेशनको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले गरेका थिए ।