नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा ‘नेपाल स्नेही काख’लाई सहयोग

आइतबार, २३ फागुन, २०७७
डिजिटल संस्करण

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले कार्यकालको दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा नेपाल स्नेही काख नामक संस्थालाई ३ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग रकमबराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले नेपाल स्नेही काखका नेहा पोखरेललाई हस्तान्तरण गरेका हुन् ।

मानसिक एवं शारीरिक रूपमा अशक्त एवं समाजबाट अवहेलनामा परेका बालबालिका, युवायुवती, वृद्धवृद्धालगायतलाई शिक्षा, स्वास्थ्य, आवाससहित हेरचाह गर्ने उद्देश्य लिई स्थापना भएको नेपाल स्नेही काखमा हाल ६५ जनाले आश्रय लिइरहेको जनाइएको छ । सहयोग रकम उक्त संस्थाले बनाउन लागेको नयाँ आश्रयस्थलको पूर्वाधार निर्माणमा खर्च हुुने बैंकले जनाएको छ ।

उक्त अवसरमा बैंकका नायब कार्यकारी अधिकृत भूपेन्द्र पाण्डे, नायब महाप्रबन्धक सूर्यबहादुर तामाङलगायतको उपस्थिति रहेको बैंकले जनाएको छ । 

सुझावित समाचार