बिओकेद्वारा अपांगता संरक्षण नेपाललाई सेतो छडी हस्तान्तरण

बिहिबार, ६ फागुन, २०७७
डिजिटल संस्करण

बैंक अफ काठमाण्डू लिमिटेडले अपांगता संरक्षण नेपाललाई सेतो छडी हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १ सय ५० थान छडी हस्तान्तरण गरेको हो । 

बैंकका सञ्चालक प्रा. डा. हेमराज सुवेदीले सेतो छडी अपांगता संरक्षण नेपालका प्रमुख विरोध खतिवडालाई हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

बैंकद्वारा हस्तान्तरण गरिएको सेतो छडीले दृष्टिविहीन व्यक्तिहरूलाई आवत–जावतमा सहयोग हुनुका साथै दैनिक जीवनयापन सहज बनाउन सहयोग मिल्ने विश्वास लिएको बैंकले जनाएको छ । बैंकले ९० शाखा, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको जनाएको छ । 
 

See More On

सुझावित समाचार