कांग्रेसको केन्द्रीय समिति बैठक आगामी बुधबार बस्ने

आइतबार, २ फागुन, २०७७
डिजिटल संस्करण

कांग्रेस केन्द्रीय समितिको बैठक आगामी बुधबार बस्ने भएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले आगामी बुधबार दिउँसो २ बजे केन्द्रीय कार्यालयमा बैठक बस्ने जानकारी दिए । 

बैठकमा १४औँ महाधिवेशनको मिति र वर्तमान केन्द्रीय समितिको कार्यकाल लम्ब्याउने विषयमा छलफल हुने कांग्रेसले जनाएको छ । सभापति शेरबहादुर देउवाले महाधिवेशन गर्न चासो व्यक्त नगरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सोही दिन केन्द्रीय कार्यालयमा धर्ना दिने कार्यक्रम राखेको छ । 

पौडेल समूहले सभापतिलाई महाधिवेशनका लागि दबाब दिन आफ्ना पक्षका केन्द्रीय सदस्यसहित सांसद, पूर्वसांसद र जिल्ला सभापतिहरूलाई समेत काठमाडौं बोलाएको छ । 

सुझावित समाचार