तयारी पोसाक व्यवसायीलाई सहुलियतपूर्ण कर्जाका लागि त्रिपक्षीय सम्झौता

मंगलबार, २७ माघ, २०७७
डिजिटल संस्करण

तयारी पोसाक व्यवसायीलाई सहुलियतपूर्ण कर्जा तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउने सम्बन्धमा मेगा बैंक नेपाल लिमिटेड, मेगा क्यापिटल मार्केट्स लिमिटेड र तयारी पोसाक उत्पादक संघबीच सम्झौता भएको छ । बैंंकका साना तथा मझौला कर्जा प्रमुख जनक भट्टराई, क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठ र तयारी पोसाक उत्पादक संघका अध्यक्ष किशोर नेपालले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार मेगा क्यापिटल मार्केट्स लिमिटेडले तयारी पोसाक उत्पादन गर्ने उद्यमी–व्यवसायीको व्यवसाय तथा कम्पनी दर्ताका निमित्त आवश्यक कागजात तयार गरिदिने र दर्ताका लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने, आवश्यकताअनुसार वित्तीय सल्लाह, वित्तीय प्रक्षेपणलगायतका बैंकमा कर्जाका लागि आवश्यक कागजातहरू तयार गरिदिने तथा आवश्यकताअनुसार सम्बन्धित उद्यमी–व्यवसायीको प्रतिनिधित्व गरी कर्जा स्वीकृतिको प्रक्रियामा सहयोग गर्ने जनाइएको छ ।

यसले स्थानीयस्तरमा तयारी पोसाक उत्पादकको वित्तीय पहुँच बढाई व्यवसाय वृद्घि तथा विस्तारमा सहयोग पुग्ने र यसबाट राष्ट्रको आत्मनिर्भरता अभियानमा टेवा पुग्नुका साथै साना तथा मझौला उद्यमी र उहाँहरूसँग आबद्ध मजदुरको जीवनस्तरमा सुधार हुने अपेक्षा गरिएको क्यापिटलले जनाएको छ ।

सुझावित समाचार