पहिलो चरणमा एक लाख ८४ हजारले लगाए कोरोनाकाे खोप

आइतबार, २५ माघ, २०७७
डिजिटल संस्करण
पहिलो चरणमा एक लाख ८४ हजारले लगाए कोरोनाकाे खोप

ललितपुरको नख्खु कारागारका कैदीबन्दीलाई कोरोनाको खोप लगाउँदै जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका स्वास्थ्यकर्मी । तस्बिरः रासस

पहिलो चरणको खोप अभियान सफलतापूर्वक सम्पन्न

पहिलो चरणको कोरोना भाइरस (कोभिड– १९) विरुद्धको खोप एक लाख ८४ हजार आठ सय ५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिसिल्ड’ देशभरका दुई सय एक खोप केन्द्रबाट एक लाख ८४ हजार आठ सय ५७ जनालाई दिइएको छ ।

जसअनुसार प्रदेश १ मा २४ हजार दुई सय २४, प्रदेश २ मा २५ हजार ६ सय ३७, बागमती प्रदेशमा ६३ हजार तीन सय आठ, गण्डकी प्रदेशमा १८ हजार चार सय ७२, लुम्बिनी प्रदेशमा २८ हजार नाै सय ४१, कर्णाली प्रदेशमा नौ हजार चार सय २० र सुदूरपश्चिम प्रदेशमा १४ हजार आठ सय ५५ जना छन् ।  

मन्त्रालयले यही माघ १४ गतेदेखि पहिलो चरणमा कुल जनसंख्याकाे तीन प्रतिशतलाई खोप लगाउनेमध्ये प्राथमिकतामा परेका व्यक्तिलाई खोप प्रदान गरेको थियो । खोप अभियान शनिबार सम्पन्न भएको छ । मन्त्रालयले पहिलो चरणका लागि ल्याइएका खोप प्राथमिकताका आधारमा अर्को चरणमा लगाउने भएको छ ।

नेपालमा कुल जनसंख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना छ । मन्त्रालयका प्रवक्ता डा. गौतमले कुनै अवाञ्छित घटना नभई खोप अभियान सफलतापूर्वक सम्पन्न भएको बताए । 

भारत सरकारले अनुदानमा १० लाख मात्रा खोप उपलब्ध गराएको थियो । यस्तै चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने भएको छ ।     

 

सम्पादकको रोजाइ

सुझावित समाचार