जिल्ला प्रहरी कार्यालय लमजुङले लागुऔषधसहित बेसीसहरको शेराबाट मर्स्याङ्दी गाउँपालिका– ९ बस्ने २४ वर्षे सन्तोष परियारलाई पक्राउ गरेको छ ।
लमजुङका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाका अनुसार उनले लागुऔषध लिई हिँडेको सूचनाको आधारमा प्रहरी हवल्दार निर्मल बस्नेतको कमान्डमा खटिएको टोलीले खानतलासी गर्ने क्रममा लागुऔषधसहित पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले फेनारागन एम्पुल १० थान, डाइजेपाम एम्पुल १० थान, लुपिगेसिक १० थान र सिरिन्ज तीन थान बरामद गरेको छ ।
पक्राउ परेका परियारलाई जिल्ला अदालत लमजुङबाट म्याद थप भई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार अनुसन्धान भइरहेको थापाले बताए ।