कोरोना संक्रमणबाट पाँचको निधन, ४३० मा नयाँ संक्रमण

मंगलबार, २८ पुष, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशमा कोरोना संक्रमणबाट पाँचजनाको निधन भएको छ । 

योसँगै देशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १९ सय ३२ पुगेको छ । 

यस अवधिमा चार सय ३० जनामा कोरोना संक्रमण देखिएको छ । यस अवधिमा तीन सय ९० जनामा कोरोना निको भएको छ । 
हालसम्म देशमा कोरोना संक्रमित हुनेको संख्या दुई लाख ६५ हजार ६ सय ९८ पुगेको छ । त्यसमध्ये दुई लाख ५९ हजार तीन सय ५८ हजारले कोरोनामाथि विजय पाएका छन् ।

सुझावित समाचार