कर्णालीका सामाजिक विकासमन्त्रीलाई कोराेना संक्रमण

सोमबार, २७ पुष, २०७७
डिजिटल संस्करण

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावललाई कोराेना संक्रमण भएको छ । 

२६ पुसमा कर्णाली प्रदेश अस्पतालमा कोरोना परीक्षण गर्दा संक्रमण देखिएको अस्पतालले जनाएको छ । 

कोराेना संक्रमण देखिएका मन्त्री रावललाई उपचारका लागि काठमाडौं लगिएको सामाजिक विकास मन्त्रालयले जानकारी दियो । 

चिकित्सकको सल्लाहअनुसार मन्त्री रावललाई उपचारका लागि आजै  काठमाडौं पठाइएको मन्त्रीका स्वकीय सचिव नन्दबहादुर राेकायाले जानकारी दिए । 

सुझावित समाचार