स्पोर्टस् अवार्डलाई रुस्लानको प्रायोजन

शुक्रबार, २४ पुष, २०७७
डिजिटल संस्करण

१७औँ संस्करणको पल्सर स्पोर्टस् अवार्डलाई रुस्लानले प्रायोजन गरेको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र जावालाखेल ग्रुप अफ इन्डस्ट्रिजबीच प्रायोजन सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र इन्डस्ट्रिजका कार्यकारी निर्देशक ससिन जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार स्पोर्टस् अवार्डमा रुस्लान सह–प्रायोजकका रूपमा रहनेछ । रुस्लान कम्पनीका कार्यकारी निर्देशक जोशीले कठिन अवस्थामा अवार्डसँग जोडिन पाउँदा खुसी व्यक्त गरे । उनले गाह्रो अवस्थामा समेत प्रायोजनलाई निरन्तरता दिएको उल्लेख गर्दै अवार्डको सफलताको शुभकामना दिएका थिए ।

स्पोर्टस् अवार्डसँग रुस्लानको यो पाँचौँ वर्ष हो । आयोजक संस्था मञ्चका अध्यक्ष सुवेदीले खेलाडी र खेल क्षेत्रमा जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले पुर्याएको योगदानको प्रशंसा गरेका थिए । घरेलु खेलकुदको प्रतिष्ठित अवार्ड कार्यक्रम आगामी २८ पुसमा आयोजना हुँदै छ । आयोजक खेलकुद पत्रकार मञ्चले यसअघि नै पिपल्स च्वाइस विधा र वर्ष पुरुष, महिला, युवा र वर्ष प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिसकेको छ । 

सुझावित समाचार